काठमाडौं, २९ साउन–मंगल ग्रहमा पानी हुनसक्ने भन्दै लामो समयदेखि जारी वैज्ञानिक अनुसन्धानले पानी भएको पुष्टि गरेको छ।

हालै मंगल ग्रहको चट्टानको गहिराइमा तरल पानीको भण्डार भेटिएको वैज्ञानिकहरुले पुष्टि गरेका हुन्। मंगल ग्रहको चट्टानी बाहिरी क्रस्टको गहिराइमा वैज्ञानिकहरुले पानीको भण्डार फेला पारेका हुन्।

सन् २०१८ मा मंगलग्रहबाट फर्किएको नासाको मार्स इनसाइट ल्याण्डरको डाटाको नयाँ विश्लेषणबाट वैज्ञानिकहरु यो निष्कर्षमा पुगेका हुन्।

ल्यान्डरले सिस्मोमिटर बोकेको थियो। यसले मंगलग्रहको गहिराइबाट चार वर्षको कम्पन अर्थात् भूकम्पहरू रेकर्ड गरेको थियो।

ती भूकम्पहरूको विश्लेषण र ग्रहको गति अनुसन्धानबाट तरल पानीको भूकम्पीय संकेतहरु भेटिएका हुन्।

मंगल ग्रहको ध्रुवमा पानी जमेको र वायुमण्डलमा वाष्पको प्रमाण भए पनि ग्रहमा तरल पानी भेटिएको यो पहिलो पटक हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *