दमक, २९ साउन–दमकमा छरिएर बसोबास गर्ने इसाई धर्मावलम्बीहरुको साझा संस्था दमक नगर इसाई समाजको १० भाद्र सोमबार २९औं बार्षिकोत्सवसहित दोस्रो अधिवेशन गर्ने भएको छ ।
दमक नगर इसाई समाजको आज (मंगलबार) दमकमा सम्पन्न बैठकले २९औं बार्षिकोत्सवसहित दोस्रो अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गर्नुका साथै जिम्मेवारीहरु बाँडफाँड गरेको छ ।
समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईको अध्यक्षतामा दमकस्थित होटल टी–टाईमा बसेको बैठकले यस्तो निर्णय गरिएको हो । बैठकपछि समाजका अध्यक्ष पाष्टर राईका अनुसार भाद्र १० गते सोमबार दमक–५ मा अवस्थित ज्योती चर्चको सभाहलमा समाजको २९औं बार्षिकोत्सव तथा दोस्रो अधिवेशन गरिने भएको हो ।
बैठकले अधिवेशनका लागि दमक नगर इसाई समाजका पूर्वअध्यक्ष तथा अन्तर धार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राईको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन ग्िरएको छ । निर्वाचन समितिको सदस्यहरुमा दमक इसाई धर्मावलम्बीहरुका अगुवा एबम् अभिभावक रेभ एन्डी थुलुङ राई, पूर्व अध्यक्ष पाष्टर किशोर सुनुवार र पूर्व अध्यक्ष पाष्टर दावा शेर्पा र पाष्टर मानबहादुर आङदम्बे लिम्बू रहनुभएको छ ।
सोही अवसरबीचमा दमक नगर इसाई समाजले दमक नगरभित्रबाट एसवर्षको एसइईमा उत्कृष्ट अंकसहित ए–ग्रेडमा उर्तीण इसाई धर्मावलम्बीहरु विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ । उच्च शिक्षामा प्रोत्साहनका लागि समाजले इसाई धर्मावलम्बी विद्यार्थीहरुलाई सम्मान गर्न लागिएको अध्यक्ष पाष्टर राईले जानकारी दिनुभयो ।
बैठकले समाजका पूर्व अ्रध्यक्ष तथा सल्लाहकार समितिका संयोजक पाष्टर राजुकुमार नाछिरिङ राईलाई दमकका प्रशासनिक कार्यालयहरुसंगको संयोजन, दमकका शैक्षिक उद्यमी तथा पाष्टर युवराज गजमेरलाई बिपत तथा आपतकालिन व्यवस्थापन र एल्डर शिखर राईलाई खेलकुद विभागको जिम्मेवारी प्रदान गरिएको छ ।
आजै सम्पन्न बैठकले बार्षिकोत्सव तथा अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथीको रुपमा झापा जिल्ला इसाई समाजका अध्यक्ष पाष्टर अमरदीप आलेमगर आउनुहुने दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले जानकारी दिनुभयो ।
त्यस्तैं, सोही समारोहका प्रमुखबक्ताको रुपमा मोरङ जिल्ला इसाई समाजका अध्यक्ष पाष्टर नबीन कुमार राईलाई निमन्त्रणा गरिएको छ । सो समारोहमा दमक नगरपालिका वार्ड नम्बर १ का अध्यक्ष हरिप्रसाद न्यौपाने र वार्ड नम्बर ५ का अध्यक्ष इ्रन्द्रबहादुर गुरुङ सहित दमकका विभिन्न सामाजिक संघसंस्था, स्थानीय प्रशासनिक तथा सुरक्षाकर्मी प्रमुखहरुसहित सञ्चारकर्मीहरुलाई निमन्त्रणा गरिएको समाजका अध्यक्ष पाष्टर राईले बताउनुभयो ।
२०५३ सालमा दमक नगर इसाई समाज स्थापना भएको हो । स्थापनाकालदेखि दमकसहित आसपासको क्षेत्रमा मानवीय सेवा र परोपकार कार्यमा सक्रिय दमक नगर इसाई समाज २०७९ सालमा कानूनी ढंङ्गले जिल्ला प्रशासन कार्यलय झापामा दर्ता भएको छ ।
बाािर्षकोत्सव तथा अधिवेशनमा दमक नगरीका ३५ वटा चर्च (मण्डली) हरुबाट दुई सय बढी प्रतिनिधिहरुको सहभागिता हुने छ । समारोहमा दमकका विभिन्न चर्चहरुको तर्फबाट प्रतिनिधिमुलक गीतसंगीत र नृत्यहरु प्रस्तुत हुने दमक नगर इसाई समाजका सहसचिव कलाकार एल्डर सुरज लिम्बूले जानकारी दिनुभयो ।
