दमक, २९ साउन–नेकपा एमाले सम्बद्ध अनेरास्ववियुको दमक बहुमुखी क्याम्पस कमिटी पुर्नःगठन गरिएको छ । क्याम्पस कमिटीको २०औं अधिवेशनबाट भिजन चेम्जोङको अध्यक्षतामा ३३ सदस्यीय कमिटी गठन गरिएको हो ।

अनेरास्ववियु दमक क्याम्पस कमिटीको उपाध्यक्षमा राकेश खड्का र सचिवमा निसम अधिकारी रहेका छन भने सहसचिवहरु पाँच जना रहेका छन् ।

निश्चल भट्टराई, अग्नी राई, प्रविण पराजुली, प्रशंसा कार्की र अमिसा राई सहसचिव तथा कोषाध्यक्षमा बसन्ती राई र कार्यालय सचिवमा घिमिरेसहित ३३ सदस्यीय कमिटी सर्वसम्मत बनेको दाबी गरिएको छ ।

यसैबीच सो संगठनको सम्मेलनमा मनोनय दर्ता गराएका उम्मेद्वारहरुबीच आपसी सहमति कायम नभई सम्मेलनको अध्यक्ष मण्डलले एकपक्षीय रुपमा सो कमिटी बनाएको जिकिर गर्दै घोषित कमिटीका उपाध्यक्ष खड्का र सचिव अधिकारीसहित २२ जनाले हस्ताक्षर गरेर असहमति प्रकट गरेका छन् ।

हस्ताक्षरित पत्र संगठनको केन्द्र, प्रदेश र जिल्ला कमिटी तथा पार्टीको दमक नगर कमिटीलाई समेत बोधार्थ पठाइएको उल्लेख छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *