पुष्पकलम दाहाल 'प्रचण्ड'

काठमाडौं, ३१ साउन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले पार्टी फुट्ने कुरा निराधार रहेको बताएका छन्।

पेरिसडाँडामा आज (बिहीबार) बसेको स्थायी समिति बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष दाहालले पार्टी फुट्ने कुरा निराधार रहेको बताए।

उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउन खोजेको भन्ने हल्ला फिँजाइएको भन्दै उनले त्यसमा सत्यता नभएको बताए। ‘पार्टी फुट्ने कुरा बिल्कुलै निराधार हो। पार्टी फुट्छ भनेर केही समयदेखि भनिरहेका छन्। होहल्ला, प्रचार धेरै भयो। कतिपय सन्दर्भमा आशंका र भ्रम भए। यो बैठकसम्म आउँदा ति सबै भ्रम चिरिएका छन्,’ उनले भने, ‘खासगरी प्रभाकरले पार्टी फुटाउँछ भनेको जस्तो जो माहोल बनेको छ, त्यो बिल्कुलै गलत हो, हाम्रो पार्टी एकतावद्ध भएको छ र प्रभाकर लगायतसँग जे आशंका गरिएको छ, गलत छ।’

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई पीडित केन्द्रित, पीडितमैत्री बनाउने सम्पूर्ण प्रयास गरिएको र यसले पीडितहरुको मागलाई, चाहनालाई राम्रोसँग सम्बोधन गरेको उनले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *