काठमाडौँ, ३१ साउन—नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

इण्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य कायम भएर आएअनुसार निगमले बिहीरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाएको हो ।

निगमका काठमाडौं उपत्यकामा अब पेट्रोल प्रतिलिटर १ सय ६५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १ सय ५५ रुपैयाँका दरले कारोबार गर्न पाइनेछ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *