काठमाडौँ, ३२ साउन–धनुषा कमलानगर नगरपालिका वडा नम्बर तीनका पूर्व वडा अध्यक्ष विशेश्वर यादव र वडा नम्बर दुईका पूर्ववडा अध्यक्ष धनेश्वर यादवलगायतले नेकपा (एकीकृत समाजवादी) रोज्नु भएको छ।

जसपाका नेतासमेत रहनु भएका यादवद्वयसँगै पालिकाकै वडा नम्बर दुई नेता कुलदिप यादवले पनि एकीकृत समाजवादी रोज्नु भएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामचन्द्र झा, केदार सञ्जलले उहाँहरूलाई पार्टीमा स्वागत गर्नुभएको हो।

एकीकृत समाजवादीका युवा नेता नागेन्द्र प्रसाद साहका अनुसार विशेश्वर यादव उपेन्द्र यादव नेतृत्वको जसपा धनुषा क्षेत्र नम्बर दुई ९क० का पार्टी इन्चार्ज हुनुहुन्छ । त्यस्तै, धनेश्वर यावद जसपा कमला नगरपालिकाका पार्टी अध्यक्ष हुनुहुन्छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *