काठमाडौं, १ भदौं–नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छिट्टै मुलुकमा सतप्रतिशत विद्युतिकरण घोषणा हुने बताका छन्।

शनिबार नेपाल विद्युत प्राधिकरणको ३९औँ वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक घिसिङले मुलुकमा सतप्रतिशत विद्युतिकरण भएको घोषणा हुने अवस्थामा पुगेको बताएका हुन्।

उनले ८ वर्षअघि करिब ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत सेवा अहिले करिब ९९ प्रतिशतभन्दा बढीमा पुगेको भन्दै सरकारले सञ्चालन गरेको उज्यालो नेपाल अभियानको सबैभन्दा ठूलो सफलता नै यही भएको बताए। कार्यकारी निर्देशक घिसिङले प्राकृतिक र प्राविधिक कारणले केही क्षण बत्ती जाने र आउने हुने गरेको भन्दै लोडसेडिङ भने इतिहासको विषय भइसकेको बताए।

उनले वर्षायाममा भारततर्फ विद्युत् निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न र व्यापार घाटा कम गर्नसक्ने अवस्थामा पुगेको जानकारी दिए।

कार्यकारी निर्देशक घिसिङले हिउँद याममा अझै केही महिना विद्युत आयात गर्नुपरे पनि आयातको परिणाम क्रमशः घट्दै जाने बताए। उनले सुकुम्वासी, चेपाङ र मुसहर लगायतका विपन्न वर्गहरुलाई निःशुल्क मिटरसहितको विद्युत् सेवा उपलब्ध गराइएको पनि बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *