दमक, १ भदौं–सामाजिक गतिबिधिमा सक्रिय संस्था पहिलो पाइला नेपाल दमक शाखाको नेतृत्व गोविन्द निरौला (राजु) ले सम्हालेका छन् ।

आज (शनिबार) दमकमा सम्पन्न संस्थाको चौथो साधारण सभाले निरौलाको अध्यक्षतामा संस्थाको दमक शाखाको कार्यसमिति चयन गरेको हो ।

अध्यक्ष निरौला सो संस्थाको दमक शाखा स्थापना गर्ने युवाहरुको समुहका एक सदस्य हुन् । उनी संस्था स्थापनाकालदेखिनै निरन्तर विभिन्न जिम्मेवारी सम्हाल्दै आगामी दुई बर्षे कार्यकालका लागि अध्यक्ष चुनिएका हुन् ।

सो कार्यसमितिको उपाध्यक्षमा लवराज खड्का, सचिवमा सञ्जु निरौला, सहसचिवमा प्रविन सापकोटा र कोषाध्यक्षमा विनोद अधिकारी र सहकोषाध्यक्षमा सोनु चौधरी तथा सदस्यहरुमा रोशन अधिकारी, राजन रिजाल लगायत रहेका छन् ।

दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका संस्थाका सल्लाहकार राजु खड्काको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले निर्वाचन सम्पन्न गर्न पूर्व अध्यक्ष मेघनाथ फुयाँल र सल्लाहकार गणेश प्रधानसहितको ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *