काठमाडौँ, २ भदौं–नेकपा (एकीकृत समाजवादी) का पूर्व उपमहासचिव तथा पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेकपा (माओवादी केन्द्र) सँग तत्काल एकताको सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ।
एपीवान टेलिभिजमा शनिबार अन्तरवार्ता दिने क्रममा एकीकृत समाजवादी पार्टीका पूर्व उपमहासचिव तथा पार्टी प्रचार विभाग प्रमुख खतिवडाले उक्त कुरा दोहोर्याउनु भएको हो।
खतिवडाले भन्नुभयो, ‘पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न पश्चात निर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूले सपथ खाएको अवस्थासम्म भएको बेला पार्टी एकता कसरी सम्भव हुन्छ ? पदाधिकारी चयनको पक्रिया सकिएको छैन । त्यसैले बाहिर आएको जस्तो अहिले नै माओवादीसँग एकता गरेर अगाडि जाने कुरा सत्य होइन। पार्टी एकताबारे बजारमा जुन हल्ला चलिरहेको छ यसका बारेमा मलाई खासै जानकारी छैन।’
नेकपा (माओवादी केन्द्र) नजिकको शक्ति भएपनि हालै उक्त पार्टीसँग पार्टी एकता नहुने पार्टी प्रचार विभाग खतिवडाको भनाई छ ।

