दमक, २ भदौं–नेकपा (एमाले) दमक ५ को वडा कमिटी अधिवेशनले रोहितकुमार उप्रेती (किरण) को अध्यक्षतामा वडा कमिटी चयन गरेको छ ।

३२ श्रावणमा मारवाडी सेवा समितिको सभाहलमा शुरु भएको वडा अधिवेशनमा नेतृत्व चयन सर्वसम्मत हुन नसकेपछि एमालेले मतदान प्रकृयाबाट वडा नेतृत्व चुनेको हो ।

अध्यक्षमा उप्रेतीसँगै उपाध्यक्षमा गीता निरौला बस्नेत, सचिवमा हिन्द बहादुर बुढाथोकी, उपसचिवमा राम रिमाल र गम्भीरा दाहाल कार्की चुनिएका एमालेले जनाएको छ ।

वडा कमिटी अध्यक्ष राजेन्द्र ढकालको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एवं झापाका इञ्चार्ज रोमनाथ ओलीले उदघाटन गरेका थिए ।

केन्द्रिय सदस्य एवं क्षेत्रीय इञ्चार्ज दिपक कार्की, केन्द्रिय सदस्य इन्द्र भण्डारी, जिल्ला कमिटी सदस्य बोधप्रसाद घिमिरे, नगर कमिटी अध्यक्ष रामप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा तत्कालिन वडा कमिटी, वडास्थित पार्टीका अग्रज एवं सेल्टरदाताहरु ल्गायत पार्टीमा योगदान दिने नेता-कार्यकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *