काठमाडौं, ५ भदौ–अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले महिला विश्वकप आयोजनाको स्थल परिवर्तन गरेको छ।

यसअघि बंगलादेशमा प्रतियोगिताको आयोजना निश्चित गरिएको भए पनि असुरक्षाको कारण देखाउँदै यूएईमा सारिएको हो। बंगलादेशमा शेख हसिना सत्ताच्यूत भएपछि सुरक्षाको कारण देखाउँदै यूएईमा सारिएको हो।

नवौं संस्करणको विश्वकप यही आउँदा अक्टोबरमा बंगलादेशमा आयोजना गर्ने आईसीसीको तयारी थियो। तर, आयोजक बंगलादेशको क्रिकेट बोर्ड नै हुने भए पनि प्रतियोगिता स्थल भने यूएई हुने भएको हो।

बंगलादेशको तर्फबाट यूएई क्रिकेट बोर्डले प्रतियोगिता व्यवस्थापन गर्नेछ। अक्टोबर ३ देखि २० तारिखसम्म हुने प्रतियोगिता दुबई र सारजहा अन्तर्राष्ट्रिय रंगशालामा हुने भएको छ।

महिलाको विश्वस्तरीय प्रतियोगिताको लागि जिम्बावे र श्रीलंकाले पनि आयोजनाको लागि प्रस्ताव पेश गरेका थिए। तर यि दुवै देशमा सन् २०२६ मा प्रतियोगिता आयोजना गरिने आईसीसीका प्रमुख कार्यकारी गोओफ अलिकार्डिकले सूचना जारी बताएका छन्।

कोभिडले अस्ट्रेलिया र भारतमा प्रतियोगिता आयोजना हुन नसके पछि सन् २०२१ को मेन्स टी(ट्वेन्टी विश्वकप पनि युएई र ओमानमा आयोजना गरिएको थियो।

विश्व स्तरीय सुविधा भएको कारण युएई प्रतियोगिता आयोजना गर्नको लागि सही विकल्प रहेको आईसीसीले जानकारी दिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *