बरिष्ठ पत्रकार एवं दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठ

काठमाडौं, ७ भदौ–वरिष्ठ पत्रकार देवेन्द्र गौतमको स्मृतिमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले स्थापना गरेको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ यसवर्ष बरिष्ठ पत्रकार एवं दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

स्व.गौतमको दोस्रो स्मृति दिवसको अवसरमा असोज २ गते यो पुरस्कार बरिष्ठ पत्रकार श्रेष्ठलाई प्रदान गरिने सेन्टरकी अध्यक्ष प्रदिपा गौतमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, उक्त अवसरमा गेहेन्द्रमान अमात्य र रघु घिमिरेलाई प्रशंसापत्र प्रदान गरिने भएको छ । पुरस्कृत हुने वरिष्ठ पत्रकार श्रेष्ठ पाँच दशकदेखि निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय छन् । पत्रकार श्रेष्ठ समाजवादी प्रेष संगठनका संस्थापक अध्यक्ष हुन् ।

यस्तै, गेहेन्द्रमान अमात्य नेपाली छापा प्रकाशनको इतिहासमा बिर्सन नसकिने व्यक्तित्व रहेको सेन्टरले जनाएको छ । यस्तै, रघु घिमिरेले करेन्ट प्रकाशनहरुका लागि शहर वा ग्रामीण क्षेत्रका सर्वसाधारणका विषयदेखि महत्वपूर्ण घटनाहरुको रिपोर्टिङ उपलब्ध गराएको उल्लेख छ ।

‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’को राशी एक लाख रुपैयाँ रहेको छ भने प्रशंसापत्रका साथ जनही ५० हजार रुपैयाँ रहेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *