काठमाडौँ, ७ भदौं–नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेताहरुबारे सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी नलेख्न निर्देशन दिएको छ।

महासचिव घनश्याम भुुसालले एक परिपत्र जारी गर्दै मातहतका कमिटीलाई पार्टी नेताहरुबारे सामाजिक सञ्जालमा नकारात्मक नलेख्न र शेयर नगर्न निर्देशन दिनु भएको हो।

‘राजनीतिक व्यक्ति आफुप्रति मात्रै उत्तरदायी भएर पुग्दैन, हामीसँग समाजले, पार्टीले, कमिटीले र अरु कमरेडहरुले पनि उत्तरदायित्वको माग गर्छन् भन्ने कुरा हामीले बुझ्नु पर्छ’ परिपत्रमा भनिएको छ, ‘त्यसैले पार्टी सम्बद्ध कुनै पनि कमरेडले अबदेखि सामाजिक सञ्जालमा पार्टी, कमिटी र अरु कमरेडहरुका बारेमा कुनै पनि नकारात्मक कुराहरु नलेख्न, शेयर नगर्न, बरु आफुलाई लागेका सबै कुरा पार्टी पद्धति अनुसार उठाउन हार्दिक अपिल गरिन्छ।’

दशौं राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्य चयनका क्रममा देखिएको असन्तुष्टिले पार्टीका नेताहरुको मर्यादा समेत नराख्नेगरी सामाजिक सञ्जालमा टिप्पणी भएको पनि परिपत्रमा उल्लेख छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *