काठमाडौं, ८ भदौं–देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली छ। बागमती प्रदेशका केही स्थान, मधेश प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हल्का वर्षा भइरहेको छ।

शनिबार र आइतबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भए पनि अन्य भूभागको मौसम सामान्यतया सफा नै रहनेछ। दुई दिन देशमा भारी वर्षाको सम्भावना पनि न्यून देखिन्छ।

सोमबारदेखि भने पुनः भारी वर्षा शुरु हुने सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार गएराति पनि कतै ठूलो वर्षा मापन भएको छैन।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *