दमक, ८ भदौं–झापाको दमक र मोरङको उर्लाबारीस्थित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालयले आज दमकमा सुंयुक्त कार्यक्रमको आयोजना गरेर अभिकर्ता सम्मान गरेको छ ।

श्निबार, दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजना गरिएको अभिकर्ता सम्मान कार्यक्रममा दमक र उर्लाबारी शाखा कार्यालय मार्फत विभिन्न विषयगततर्फ उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको हो । नयाँ तथा पुराना अभिकर्ताहरुलाई व्यवसायमा थप प्रोत्साहन र हौसल्ला गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाा प्रमुख सुमन कुमार थुलुङ राईले जानकारी दिनुभयो ।

कम्पनीको कोशी प्रदेश प्रमुख नरेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेशनल लाइफ इन्स्योरेन्स कम्पनी कोशी प्रदेश प्रमुख राईले उर्लाबारी शाखा र दमक शाखा अन्तर्गत आर्थिक वर्ष २०८०।८१ मा विभिन्न विषयगत क्षेत्रमा बिजिनेश लिडरहरुलाई सम्मान गर्नुभएको थियो ।

उर्लाबारी शाखाबाट संजालसहित टप–७ मा पर्नेहरुमा मुख्य व्यवसाय प्रवन्धक एलिसा आलेमगर, बरिष्ठ व्यवसाय प्रवन्धक बिष्णु निरौला, बरिष्ठ व्यवसाय प्रवन्धक बन्धुकुमार निरौला, बरिष्ठ प्रवन्धक अन्जु निरौला, व्यवसाय प्रवन्धक भरत कडेल, व्यवसाय प्रबन्धक कला ढकाल थापा र व्यवसाय प्रबन्धक उषा अधिकारी छन् ।

त्यसैगरी, उर्लाबारी शाखा मार्फत ब्याक्तिगत कोडबाट टप–७ मा पर्ने अभिकर्ताहरुमा बरिष्ठ व्यवसाय प्रब्रन्धकतर्फ लक्ष्मी धिमाल (प्रथम), संगीता राई (दोस्रो), अम्बिका मैनाली (तेस्रो), गीता थापा (चौथो), सरिता केसी (पाँचौं), साधना राई (छैटौं) र गोमा खड्का (सातौं) छन् ।

उर्लाबारी शाखाबाट नेशनल सुपर स्टारको उपाधी संगीता राई र लक्ष्मी धिमालले हात पार्न सफल भएकी छन् ।

यता, दमक शाखा कार्यालय मार्फत आर्थिक वर्ष २०८०।८१ मा संजालसहितको कोडबाट व्यवसाय गर्न सफल टप–१० मा मुख्य व्यवसाय प्रबन्धक टीका प्रसाद खरेल (प्रथम), युवराज दंगाल (दोस्रो), नारायण प्रसाद खरेल (तेस्रो), अर्जुन खालिङ राई (चौथो), धुबकुमार अधिकारी (पाँचौं), अन्जु सावाँ लिम्बु (छैटौं), वरिष्ठ व्यवसाय प्रबन्धकहरुतर्फ गोपाल काफ्ले (सातौं), जसुदा लिम्बू (आठौं), नारायणप्रसाद भण्डारी (नवौं) र कविता राई (दशौं) छन् ।

दमक शाखाबाटै व्याक्तिगत कोडतर्फ टप–१० मा पर्न सफल बरिष्ठ व्यवसाय प्रबन्धक गोपाल काफ्ले (प्रथम), व्यवसाय प्रबन्धक नोलिजा राई (रिता राई शेर्मा) (दोस्रो), व्यवसाय प्रबन्धक चुडामणी सेढाई (तेस्रो), बरिष्ठ ब्यवसाय प्रबन्धक निहाङ राई (चौथो), ब्यवसाय प्रबन्धक मिना चोङबाङ (पाँचौं), व्यवसाय प्रबन्धक उर्मिला मगर (छैटौं), व्यवसाय प्रबन्धक सन्धया सारु मगर।पूर्ण सारु मगर (सातौं), बरिष्ठ व्यवसाय प्रवन्धक रोश्नी राई ।निशा राई (आठौं), व्यवसाय प्रवन्धक पवित्रा दाहाल (नवौं) र व्वयवासय प्रवन्धक तेजेन्द्र घिमिरे (दशौं) छन् ।

त्यस्तैं, नेशनल सुपर स्टारको उपाधी दमक शाखाबाट अर्जुन खालिङ राई र युबराज दंगालले हात पार्न सफल भएका छन् ।

कार्यक्रममा सिइयो क्लब, चियरपर्सन क्लब, एमडिआरटी २०२४, नेशनल रत्न, नेशनल स्टार, नेशनल सुपर स्ट्रार लगायत विभिन्न विषयगततर्फ सफल हुने बिजिनेश लिडरहरुलाई अविर र खादा लगाएर सम्मान–पत्रसहित मायाको चीनो प्रदान गरिएको थियो ।

उर्लाबारी शाखा प्रमुख मोहन कडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा बिर्तामोड शाखा प्रमुख गंगाराम थापा, अभिकर्ता संघ केन्द्रीय उपाध्यक्ष तथा उर्लाबारी शाखा अध्यक्ष बन्धु निरौला, अभिकर्ता संघ दमक शाखाका अध्यक्ष नारायणप्रसाद भण्डारी, बरिष्ठ व्यवसाय प्रवन्धक संगीता राई (उर्लाबारी), मुख्य व्यवसाय प्रवन्धक टीका प्रसाद खरेल (दमक), बरिष्ठ व्यवसाय प्रबन्धक बिष्णु निरौला (उर्लाबारी), बरिष्ठ व्यवसाय प्रबन्धक गोपाल काफ्ले (दमक) ले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमकै बीचमा नेपाली महिलाहरुको चार्डपर्व हरितालिका तीज समेत धुमधामका साथ मनाइएको थियो । त्यस्तैं, दमकस्थित डान्स सेन्ट्ररका कलाकारद्धारा नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई मनोरन्जन बनाइएको थियो ।

कार्यक्रमको शुभारम्भ दमक शाखाका मुख्य व्यवासाय प्रबन्धक अर्जुन खालिङ राईले सञ्चालन गर्नुभएको थियो भने अभिकर्ता सम्मान कार्यक्रमको सञ्चालन दमक शाखा कार्यालय प्रमुख सुमनकुमार राईले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *