काठमाडौं, ९ भदौं–एर्लिङ हालान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको आफ्नो दोस्रो खेलमा लगातार जित दर्ता गर्दा म्यानचेस्टर युनाइटेड भने पराजित भएको छ।

शनिबार राति इत्तिहाद स्टेडियममा भएको खेलमा साविक विजेता सिटीले इप्सविचलाई ४–१ को फराकिलो अन्तरले हराएको हो।

सिटीको जितमा हालान्डले ह्याट्रिक पूरा गरे। खेलको १२औँ मिनेटमा पेनाल्टीमा गोल गरेका हालान्डले १६ र ८८औँ मिनेटमा गोल गर्दै जारी सिजनमा पहिलो ह्याट्रिक गरेका हुन्। सिजनको सुरुवाती दुई खेलमा नै हालान्डले चार गोल गरिसके।

२२ वर्षे इतिहासमा पहिलोपटक प्रिमियर लिग खेलेका इप्सविचका लागि पहिलो हाफको सातौँ मिनेटमा नै सामी स्ज्मोडिक्सले डेब्यु गरे।

तर पछिल्लो पाँच मिनेटमा नै सिटीले तीन गोल गर्दै खेलमा उत्कृष्ट पुनरागमन गर्‍यो। खेलको १२औँ मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीलाई खेलमा फर्काए। त्यसको दुई मिनेटपछि नै अर्थात् १४औँ मिनेटमा केभिन डि ब्रुयनको गोलमा सिटीले अग्रता बनायो।

त्यसको दुई मिनेटमै केभिन डि ब्रुयनको पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीको अग्रता ३–१ भयो। खेलको ८८औँ मिनेटमा हालान्डले ह्याट्रिक पूरा गर्दा सिटीलाई ४–१ को फराकिलो जित दर्ता गराए।

गएराति राति भएको अर्को खेलमा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ। अर्को खेलमा नटिङघम फरेस्टले साउथहेप्टनलाई १–० गोल अन्तरले हराएको छ। त्यस्तै टोटनह्म ले एभर्टनलाई ४–० गोलले हराएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *