काठमाडौं, ९ भदौं–काठमाडौँमा जारी साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आज ९आइतबार० देखि सुरु हुँदैछन् । सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुनेछ ।

यस प्रतियोगितामा नेपाल समूह ‘ए’ का दुवै खेल जितेर समूह विजेता हुँदै सेमिफाइनल खेल्दैछ । नेपालले समूह चरणमा श्रीलंकालाई १–० ले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै भुटान भने समूह ‘बी’ मा उपविजेता भन्दै सेमिफाइनलमा खेल्दैछ । भुटानले माल्दिभ्सलाई २–१ ले पराजित गरेको थियो भने भारतसँग १–० ले पराजित भएको थियो ।

त्यस्तै, दोस्रो सेमिफाइनल खेल भारत र बंगलादेशबीच सोमबार हुने छ । साफ यू–२० च्याम्पियनसिपको प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *