दमक, ९ भदौं–दमकस्थित किओच बाल अस्पातलले बालबालिकाको निशुल्क उपचार सेवाको कार्यक्रम अन्तर्गत प्रदेश सरकारमा फर्जी बिल पेश गरेको भनि सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको बिषयप्रति आपत्ति जनाएको छ ।

अस्पतालले बालबालिकाहरुको निशुल्क उपचार सेवा कार्यक्रम अन्तर्गत स्वास्थ्य बीमाको दररेट अनुसार भुक्तानीका लागि पेश भएको रकम भन्दा बढी रकम बराबरको उपचार सेवा प्रदान गरिएको भन्दै सम्झौता अनुसारको मात्रै बिल भुक्तानी भएको स्पष्ट पार्दै स्वास्थ्य सेवामा समर्पित संस्थाको प्रतिष्ठामा आँच आउने गरि भएको प्रचारप्रति आपत्ति जनाएको हो ।

अस्पताल प्रशासनले यसै साता विज्ञप्ती निकालेर स्थानीय पत्रकारहरुमाझ सार्वजनिक गर्दै २०८० माघ गते भएको सम्झौता अनुसार बालबालिकाको उपचार पश्चात प्रदेश सरकारमा ९३ लाख ६९ हजार २ रुपैयाँ बराबरको बील दाबी पेश गरिएकोमा ६४ लाख २८ हजार ६ सय ६ रुपैयाँ बिल भुक्तानी भएको सार्वजनिक गरेको हो ।

भुक्तानीको दाबी पेश गरिएका कतिपय सेवामा स्वास्थ्य बीमाले तोकेको दर रेट भन्दा कम रहेको पनि फेहरस्ति प्रस्तुत गर्दै अस्पतलाका मेसु डा। जयमणी श्रेष्ठले बीमाकै सफ्टवेयर मार्फत भुक्तानी दाबी पेश हुने भएकाले सञ्जालहरुमा आरोप लगाइए जस्तो फर्जी बिल पेश नभएको उल्लेख गरे ।

कतिपय अवस्थामा बीमाकै भुक्तानी प्रणालीमा सुधारको सहमति समेत भएको स्मरण गराउँदै जारी विज्ञप्तीमा उपचार गरेको वास्तविक बिल अनुसारनै दाबी पेश गरिएकोमा भुक्तानी रकम फरक हुनुनै फर्जी बिल भन्ने अभिव्यक्तिसहितका समाचार सामग्री दुराशयपूर्ण भएको विज्ञप्तीमा जनाइएको छ ।

किओचले आगामी दिनमा समेत बालबालिकाको उपचार सेवा सरकारसँगको सहकार्य र स्वच्छ र पारदर्शीरुपमा सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *