काठमाडौं, ९ भदौं–भुटानलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल २० (यू–२०) वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनलमा पुगेको छ ।

लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले हरायो ।

निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । यसअघि, खेलको ५६औं मिनेटमा भुटानका जितसुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको ७८ औं मिनेटमा नेपालका निराजन धामीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि भारत र बङ्गलादेश खेल्दैछन् । फाइनल खेल आउँदो बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *