काठमाडौँ, १० भदौं–नेकपा (एकीकृत समाजवादी) का १८ पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुने भएको छ।
सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुन लागेको हो।
पदाधिकारी र पोलिटब्युरो सदस्यको निर्वाचनका लागि एकीकृत समाजवादीले निर्वाचन तालिका सार्वजनिक गरेको छ।
सो तालिका अनुसार भोली (मंगलबार) दिउँसो २ देखि ५ बजेसम्म मतदान हुने छ। मंगलबारनै मतगणना थालिने जनाइएको छ।
यसअघि एकीकृत समाजवादीले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो।
मंगलबार अन्य पदाधिकारीका लागि निर्वाचन हुन लागेको हो। मंगलबार एकीकृत समाजवादीले २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्नेछ।
