काठमाडौं, ११ भदौं–नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी चयनका लागि आज निर्वाचन प्रक्रियाबाट छिनोफाने हुने भएको छ । मंगलबार बिहानदेखि मनोनयन प्रकृयाहरु भइरहेको छ ।

नेकपा (एकीकृत समाजवादी) को वरिष्ठ उपाध्यक्षका लागि दुई जना नेताले मनोनयन दर्ता गराएका छन् ।

वरिष्ठ उपाध्यक्षका लागि घनेन्द्र बस्नेत र राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।

१०औं महाधिवेशनले अध्यक्ष, महासचिव र सम्मानित नेता सर्वसम्मत चयन गरेपनि डेढ महिनासम्म अन्य पदाधिकारी चयन गर्न सकेको थिएन ।

सहमति जुट्न नसकेपछि आज (मंगलबार) निर्वाचनबाट पदाधिकारी चयन हुँदैछन् ।

उपमहासचिवमा युवापुस्ताबाट केसीसहित चार जनाको उम्मेदवारी दर्ता

उपमहासचिवमा ४५ वर्षमुनिको युवापुस्ताबाट लक्ष्मण केसीले उम्मेदवारी दिएका छन् । चार उपमहासचिव पदका लागि हुने निर्वाचनमा नयाँ पुस्ताबाट केसीको उम्मेदवारी परेको हो ।

केसीले उपमहासचिव उम्मेदवारीको १ नम्बर क्रमसंख्यामा उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि केन्द्रीय सदस्य केन्द्रीय संगठन विभागको सचिव रहेका केसीलाई अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालले ग्रिन सिग्नल दिएपछि उपमहासचिवमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सल्यानका केसी लामो समयदेखि अध्यक्ष माधव नेपालको निकट सहयोगीका रूपमा काम गर्दै आएका थिए । यस्तै, उपमहासचिवका लागि कोशी प्रदेशका पूर्व मुख्यमनत्री राजेन्द्र राई, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ लगायतको पनि उम्मेदवारी परेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *