काठमाडौं, ११ भदौं–विभिन्न समय र दलहरुसँगको छलफल तथा एकता प्रायःपछि अन्ततःसंयुक्त नागरिक पार्टी र आमूल परिवर्तन रिपव्लिकन पार्टीबिच पार्टी एकता भएको छ।

ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा आज आयोजित कार्य क्रममा दुई पार्टी बिचको एकता घोषणा भई आमूल परिवर्तन नागरिक पार्टी नामाकरण गरिएको छ।

आमूल परिवर्तन रिपब्लिकन पार्टीका अध्यक्ष भरत गिरि तथा संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले संयुक्त रुपमा पानसमा बत्ति बालेर पार्टी एकता कार्यक्रमको उद्घाटन गरेका थिए भने कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरूले बधाई दिंदै आ(आफ्ना मन्तव्य राखेका थिए।

दुबै पार्टीका अध्यक्ष धार्मिक समसदायका अगुवा रहेकास कारण कार्यक्रममा प्रायस् धर्मगुरुहरुको उपस्थिति थियो भने जनजाति नेता आङकाजि शेर्पा समेतलाई अतिथिको रुपमा निम्त्याएको थियो भने,कार्यक्रममा बोल्दै अध्यक्ष गिरिले आध्यात्मिक भौतिकवादले मात्र यो देस परिवर्तन हुने हुनाले आध्यात्मिकताको एजेन्डा मिलने पार्टीहरु एकता गरेर गघि बढेको बताए।

घोषित पार्टीका अध्यक्ष द्वय भरत गिरि तथा दलमर्दन कामीले पार्टी एकताले पूर्णता पाए पनि अझै गृहकार्य भइरहेको र अन्य पार्टीहरूलाई पनि एकतामा ल्याउने प्रयास भइरहेको बताए।

तर, यी दुईवटा पार्टीको एकतालाई लिएर विभिन्न सञ्जालकर्ताहरुले यसलाइ सञ्जाल तताउने बिषयका रुपमा लिएको देखिएको छ।

एकताको हर प्रयास गरेको तर उनिहरुकै कारण हामी एकतामा जान नसकेको भन्दै जनजागरण पार्टीका अध्यक्ष डा।बि।पी।खनालले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई हतास नहुन भनेका छन् ।
दमकका पत्रकार डिकेन्द्र बस्नेतद्धारा प्रकाशित

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *