रामकुमारी झाँक्रीले

काठमाडौं, १२ भदौं–नेकपा (एकिकृत समाजवादी) कोे पदाधिकारीका लागि भएको निर्वाचनको मतपरिणाम आएको छ।

उपाध्यक्षहरुमा गंगालाल दुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी, प्रकाश ज्वाला र जयन्ती राई विजयी भए। तुलाधर १८९, खतिवडा १५१, ज्वाला १४५ र भानुभक्त जोशी १५६ मत ल्याएर विजयी भएका हुन्।

महिला उपाध्यक्षमा जयन्ती राई १८९ मत पाएर विजयी हुँदा रामकुमारी झाँक्री पराजित भइन्। झाँक्रीले ११२ मत मात्रै पाइन्। यस्तै, उपाध्यक्ष मधेशी कलस्टरमा धर्मनाथप्रसाद साह विजयी भए। उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत प्राप्त गरे।

उपमहासचिवमा मेटमणि चौधरी १५८ मतसहित विजयी भए। रामकुमार खड्का र गरिमा शाह समान १०७ मत पाएर विजयी हुँदा राजेन्द्र राईले १०६ मतसहित विजयी हाँसिल गरे।

सचिवमा श्रीनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, र सावित्री कुमारी भुसाल बिजयी भएका छन्। पाँच सविचका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए।

पदाधिकारीको सकिएसँग अब पोलिटब्युरोको मत गणना गर्न बाँकी छ। दिउँसो १२ बजे पछि मात्रै पोलिटब्युरोको मतगणना हुने निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *