काठमाडौँ, १२ भदौं–दक्षिण एशियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनशिप फुटबलको उपाधि बंगलादेशले जितेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा बुधवार भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई ४(१ ले सहजै पराजित गर्दै उपाधि जितेको हो। बंगलादेशले पहिलोपटक साफ यू(२० उपाधि जितेको हो।

एकपक्षीय खेलमा बंगलादेशलाई जित दिलाउन मिराजुल इस्लामले २ गोल गरे भने राबी हुसेन राहुल र पियास अहमद नोभाले १र१ गोल गरे। नेपालका लागि समीर तामाङले एक गोल फर्काए।

पहिलो हाफमा नेपालले पाएका आधा दर्जनभन्दा बढी अवसर गोलमा परिणत गर्न सकेन।

खेलको शुरुदेखि अन्त्यसम्मै बंगलादेशको दबाब झेलेको नेपालको घरेलु मैदानमा उपाधिमा ह्याटट्रिक गर्ने चाहना पूरा भएन। यसअघि नेपालले सन् २०१५ र सन् १०१७ मा साफ यू-२० च्याम्पियनशिप जितेको थियो।

दोस्रो हाफमा बंगलादेशले गोल गरेपछि दर्शकले मैदानमा पानीका बोतल फ्याँकेका थिए।

नेपालले समूह चरणको खेलमा भने बंगलादेशलाई २–१ गोलले पराजित गरेको थियो। नेपालले सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै फाइनल पुगेको थियो।

बंगलादेशले भने साविक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले पराजित गर्दै फाइनल पुगेको थियो। च्याम्पियनशिपमा पाकिस्तानबाहेक ६ टोलीले प्रतिस्पर्धा गरेका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *