काठमाडौं, १३ भदौं–नेकपा (एकीकृत समाजवादी) ले ८४ सदस्यीय पोलिटब्यूरो कमिटी चयन गरेको छ । एकीकृत समाजवादीले बिहीबार बिहान पोलिटब्युरो सदस्यहरुको निर्वाचन परिणाम सार्वजनिक गरेको हो । एकीकृत समाजवादीले बुधबार पदाधिकारी चयन गरेको थियो ।

पदाधिकारीको परिणाम बुधबार आएको थियो । बिहीबार पोलिटब्युरो सदस्यको परिणाम पनि आएको हो । प्राप्त मतपरिणाम अनुसार विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेर विजयी भएका छन् । यस्तै जीवनराम श्रेष्ठ १९५ र रमा आलेमगरले १९४ मत पाएका छन् । रामकुमारी झाँक्रीले १८२ पाएकी छन् ।

यस्तै रामचन्द्र झा, कल्याणीकुमारी खड्का, डा। विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, रामकुमार ज्ञवाली र वानीप्रसाद खापुङ विजयी भएका छन् । डा। वंशीधर मिश्र, विजय सुब्बा, उर्वादत्त पन्त, निरादेवी जैरु, नागेन्द्रप्रसाद चौधरी, अम्मरबहादुर थापा, बलराम प्रसाद बास्कोटा, शत्रुधन महतो, दिलकुमारी पन्त र सुदेश पराजुली लगायत पनि विजयी भएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *