दमक, १३ भदौं–पाँचथरको रवीबाट दमकमा आएर अर्गानिक सागसब्जि (तरकारी) व्यापार गर्दै आएका व्यवसायी दम्पत्तीले दमकस्थित घिमिरे मार्केटमा रवि अर्गानिक भान्सा घर औपचारिक रुपमा सञ्चालन गरेका छन् ।

ग्राहकहरुको सेवाका लागि यसअघि सामान्य रुपमा सञ्चालन गर्दै आएको रवी अर्गानिक भान्सा घरलाई थप व्यवस्थित र आकर्षक सजावटसहित आजदेखि औपचारिक सञ्चालनमा ल्याएका हुन् ।

रबिन चाम्लिङ राई र कविता बान्तवा राईको जोडीले दमकको घिमिरे मार्केटको दोश्रो तलामा शुरु गरेको यो भान्सा घरको आज (बिहिबार) बिहान औपचा।रिक उद्घाटन गरिएको छ ।

पाँचथर रबी बजारका रबिन र इलामकी कविता सम्बन्धले दम्पती हुन् । रबिन रबी बजारमा फर्निचर व्यवसाय गर्थे भने कविता स्थानीय एफएम (रेडियो) मा काम गर्गिन् ।

पछिल्लो वर्षहरु कविता दमकमा रबी अर्गानिक तरकारी पसल सञ्चालन गर्दै नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखा अन्तर्गत रबी बजारमा बिजिनेश लिडरको रुपमा कार्यरत छन् ।

रबि अर्गानिक भान्सा घरको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका दमक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गोकूल श्रेष्ठको प्रमुख उपस्थितीमा औपचारिक उदघाटन गरिएको छ ।

व्यवसायी नेता श्रेष्ठ र होटल व्यवसायी संघ कोशी प्रदेश अध्यक्ष राजन दंगालले संयुक्त रुपमा सोको उदघाटन गर्दै अहिलेको आर्थिक मन्दिको प्रभावकाबीच शुरु भएको व्यवसायले सकारात्मक सन्देश दिने उल्लेख गरे । चुनौतीकाबीच गरिने व्यवसायलेनै व्यवसायिक सफलता दिलाउने विश्वाससहित आफूले रवि अग्र्यानिक भान्सा घर शुरु गरेको जानकारी दिइन् ।

यसअघि दमककै पुरानो सब्जी बजार नजिकै अर्गानिक तरकारी व्यापार गर्दै आएकी राईले उपभोक्ताहरुको मागलाई ध्यानमा राखेर अग्र्यानिक खाजा तथा अन्य खानेकुराहरु उपलब्ध गराउने गरि रवि अग्र्यानिक भान्सा घर शुरु गरिएको बताइन् ।

सो भान्सा घरमा मकै, कोदो, आलु, भटमास, स्कूस, सिस्नो, गुन्ध्रुक, हरियो चिया पत्ती, ग्रीनटी, गाउँमा उत्पादन भएको रक्सी र तोङ्बा लगायतका विभिन्न रैथाने कृषि उपजहरुबाट बनाइएका स्वस्थकर खानेकुराहरुलाई अग्र्यानिक तवरबाट पकाएर बनाइएका विभिन्न परिकारका खानेकुराहरु उपलब्ध रहेका छन् ।

रबि अर्गानिक भान्सा घरको उद्घाटनमा दमक उद्योग बाणिज्य संघ दमकका बरिष्ठ उपाध्यक्ष राजु खड्का, होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगाल, दमक उद्योग बाणिज्य संघका उपाध्यक्षहरु रुवल अधिकारी, राजकुमार योङया, सुक्षमा निरौला, कार्यसमिति सदस्य हेमसिंह अधिकारी, व्ववसायी देबेन्द्र बराल, सर्वोदय स्कुलका प्रिन्सिपल नबीन योगी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखा प्रमुख सुमन कुमार थुलुङ राई लगायतको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *