दमक, १३ भदौ–नजिकिएको चाडपर्वलाई लक्षित गरि झापाको दमकमा अबदेखि शुक्रवार पनि वजार खुला हुने भएको छ ।
नेपालीहरुको महान चाड दशै,तिहार,छैठ लगायतका सांस्कृतिक चाडपर्वमा उपभोक्ताहरुलाई सहजता उपलव्ध गराउन शुक्रबार बजार खुला राख्ने निर्णय हो ।
भएको दमक उद्योग वाणिज्य संघले विहिबार सूचना निकालेर भोलिदेखि दशै, तिहार, छैठसम्मका चाडपर्व भरि दमक वजार खुला रहने उल्लेख गरेको छ । यसअघि भने दमकमा साताका एक दिन शुक्रवार वजार बन्द हुदैआएको थियो ।
चाडपर्वका समयमा उपभोक्ताहरुलाई आवश्यक सामागीहरु किनमेल गर्न सहज भन्ने ध्येयले अघिल्ला बर्षझै यसवर्ष पनि चाडपर्व भरि वजार खुला राख्ने निर्णय भएको संघका कार्यालय प्रमुख निरज विष्टले बताए ।
