काठमाडौँ, १३ भदौं–नेकपा (एकीकृत समाजवादी) ले तीन नेतालाई वरिष्ठ नेतामा मनोनीत गरेको छ।

पार्टी केन्द्रीय कमिटी बैठकले बेदुराम भुसाल, प्रवेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनीत गरेको हो।

वरिष्ठ उपाध्यक्ष पदमा दाबी गरेका तीनजनालाई केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चयन हुनुभएको छ। बैठकले पदाधिकारीलाई पूर्णता दिएको छ भने १ सय ५ सदस्यीय पोलिटब्युरो चयन गरेको छ।

बैठकले पार्टीका पदाधिकारीलाई स्थायी कमिटी सदस्य मानेर स्थायी कमिटी गठन गरेको उपाध्यक्ष खतिवडाले जानकारी दिनुभयो। १७ पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन भएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *