दमक, १४ भदौं–नेपाली दिदीबहिनीहरुको महान चाडपर्व ‘हरितालिका तीज’को अवसरमा झापाको दमकमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले आज तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

दमक–६ मा कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार आफ्नै कार्यालय भवनमा कार्यक्रमको आयोजना गरेर तीज विशेषमा दर खाने कार्यक्रम सम्पन्न गरेको हो ।

सो कार्यक्रममा सूर्यदर्शन सहकारी संस्थाका महिला शेयर सदस्यहरु, संस्थाका शुभेच्छुक, शुभचिन्तक सदस्यहरु, कर्मचारीहरु, सञ्चालक समिति र सूर्यदर्शन साधना केन्द्रले सहभागिता जनाएका थिए ।

कार्यक्रमको उद्घाटनको अवसरमा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईले नेपाली दिदीबहिनीहरुलाई हरितालिका तीजको अवसरमा सुख, शान्ति र समृद्धिका लागि मंगलमय शुभकामना व्यक्त गरेका थिइन् ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेकी नगर उपप्रमुख प्रसाईले तीज विशेष साँस्कृतिक तथा दर खाने कार्यक्रममा दिदीबहिनीहरुबीच तीज विशेष गीतमा सहभागिताजनाएर मनोरञ्जन प्रदान गरेका थिइन् ।

सूर्यदर्शन सहकारी संस्थाका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा सयौंको संख्यामा दिदीबहिनीहरुको सहभागिता थियो । सो कार्यक्रममा उत्कृष्ट नृत्य प्रस्तुत गर्नुहुने दुर्गादेबी भट्टराईसहित अन्य दिदीबहिनीहरुलाई रिचार्जकार्ड पुरुस्कार प्रदान गरिएको थियो ।

सो कार्यक्रममा दमक–६ का वार्डध्यक्ष टेकबहादुर थापा, सहकारी संस्थाका व्यवस्थापक अरुण भण्डारी लगायत स्थानीय संघसंस्था, राजनीतिक दलका महिला प्रतिनिधिहरु, व्यापारी, व्यवसायीहरु र पत्रकारहरुको उपस्थिति थियो ।

संंस्थाका कर्जा विभाग प्रमुख इश्वर नेपालले कार्यक्रमका सहभागिहरुलाई शब्दद्धारा स्वागत गरेका थिए भने राजकुमार खड्काले सञ्चालन गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *