दमक, १४ भदौं–पहिलो पाईला नेपाल दमक शाखाले आज दमकमा असहाय तथा सहाराविहीन नागरिकहरुलाई तीज विशेषको अवसरमा दर खुवाउने कार्यक्रम गरेको छ ।

विभिन्न स्थानबाट घुमन्ते जीवन बिताइरहेका असहाय तथा सहाराविहिनहरुलाई दिवाकालिन खानाका रुपमा सामूहिक दर खुवाउने कार्यक्रम आयोजना गरेको हो ।

संस्थाका अध्यक्ष राजु (गोविन्द) निरौलाका अनसार तिजमा गरिने फजुल खर्च कटौती गर्दै असहाय तथा सहाराविहिनहरुलाई दर खुवाइएको हो ।

दमक नगरपालिका वडा नं ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलको प्रमुख आतिथ्य र पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु (गोविन्द) निरौलाको सभापतित्वमा दर खुवाउने कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी वडाध्यक्ष पौडेलले समाजमा निस्वार्थ सेवाको भावना मर्दै गएको अवस्थामा पहिलो पाइला नेपालमा आवद्ध युवाहरुले भोकाएका मानिसलाई पर्व मनाउने अवसर जुराएकोमा प्रशंसा व्यक्त गरे ।

उनले राजनीतिक, सामाजिक क्षेत्रमा इमान्दारिताको अभाव खडकिरहेकोप्रति आफू चिन्तित रहेको भन्दै राजनीतिक र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सामाजिक सेवाको क्षेत्रमा गरिने काममा आफ्नो तर्फबाट जहिलेसुकै सहयोगको हात अघि बढाउन इच्छुक रहेको पनि बताए ।

कार्यक्रममा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, महांकाल युवा समुहका दिपक खड्का, आयोजक संस्थाका पूर्व अध्यक्ष दिवस खतिवडा लगायतले सो कार्यको प्रशंसा गरे । सो अवसरमा करिब १५ जनालाई मिष्ठान्न भोजन गराइएको संस्थाले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *