दमक, १५ भदौं–नेपाली महिलाहरुको महान चाडपर्व हरितालिका तीजको अवसरमा झापाको दमक–१ को सवल टोल विकास संस्थाले आज (शनिबार) तीज मिलन साँस्कृतिक नृत्यसहित दरखाने कार्यक्रम सम्पन्न गरेको छ ।
दमक–१ मा अवस्थित सवल टोल विकास संस्थाका अध्यक्ष तथा सामाजिक अगुवा सम्झाना सावाँको अध्यक्षतामा तीज मिलन साँस्कृतिक नृत्यसहित दर खाने कार्यक्रम सम्पन्न भएको हो । दर खानुअघि टोल विकासका सदस्य आमा दिदीबहिनीहरुको सहभागितामा लोकसंस्कृती गीतसंगीतमा नृत्यहरु प्रस्तुत गरिएको थियो ।
सवल टोल विकास संस्थाद्धारा आयोजित कार्यक्रमका सहभागिहरुबीचमा आपसी प्रेम, माया र सदभाव झल्काउने उदेश्यले कार्यक्रम आयोजना गरिएको टोल विकासकी अध्यक्ष सावाँले बताईन् । अध्यक्ष सावाँका अनुसार हरितालिका तीजलाई भडकिलो र खर्चिलो नगरी छरछिमेकीहरुबीचमा खुशियाली सााटासाट गर्न कार्यक्रमले सहयोग पुग्नेछ ।
को अवसरमा तीज मिलन साँस्कृतिक तथा दर खाने कार्यक्रममा अध्यक्ष सावाँले सहभागि आमा दिदीबहिनीहरुलाई सुख, शान्ति र समद्धिका लागि मंगलमय शुभकामना व्यक्त गरेका थिइन् ।
कार्यक्रमबीच टोल विकास संस्थाले सहयोगी तथा मनकामरी आधा दर्जन आमा-दिदीबहिनीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा निर्मला लावती, राममाया गौतम, बिष्णु घिमिरे राई, देबी केसी, बन्दाना चौहान र गोमा श्रेष्ठ छन् । उनीहरुलाई टोल विकासकी अध्यक्ष सम्झाना सावाँले खादा ओढाएर मायाको चीनो प्रदान गरेका थिइन् ।
