दमक, १५ भदौं–बित्तिय कारोबारका क्षेत्रमा उत्कृष्ट कार्यसम्पादसहित चर्चा बनाउन सफल दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले सामाजिक सेवा र यागदानमासमेत उत्कृष्ट कार्यहरु गर्दै आइरहेको छ ।

दमकमा प्राकृतिक प्रकोपदेखि विभिन्न चरणमा देखिएका हैजा र महामारी नियन्त्रणमा सूर्यदर्शन सहकारी संस्थाले महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ । दमक–६ बजार लाइनमा कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले कुशे औंसी (बुबाको मुख हेर्ने दिन) को अवसर पारेर आज जेष्ठ बुबाहरुलाई सम्मान गरेको छ ।

हिजो बिहिबार, १४ भदौं सहकारी संस्थाले नेपाली महिलाहरुको महान चाडपर्वको अवसरमा आमा दिदीबहिनीहरुको वृहत सहभागितामा हरितालिका तीज विशेष कार्यक्रम आयोजना गरेको थियो ।

दमक–५ मा अवस्थित जेष्ठ नागरिक सम्मान प्रतिष्ठानसंगको सहकार्यमा सूर्यदर्शन सहकारी संस्थाले एक सय बढी जेष्ठ बुबाहरुको शीरमा ढाका टोपी लगाएर सम्मान गरिएको संस्थाका कर्जा विभाग प्रमुख इश्वर नेपालले जानकारी दिनुभयो । सो क्रममा जेष्ठ बुबाहरुलाई खादा ओढाउनुका साथै फलफूल, मिठाई र प्रसाद बितरण गरिएकोृ थियो ।

प्रतिष्ठानका अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा र १०८ बर्षिय धनन्जय घिमिरेको प्रमुख आतिथ्यतामा कुशे औशीमा जेष्ठ बुबाहरुलाई सम्मान गरिएको हो ।

सो अवसरमा सूर्यदर्शन सहकारी संस्थाको तर्फबाट बजार प्रमुख राजकुमार खड्काले प्रत्येक वर्ष भाद्र कृष्ण औसीका दिन मनाइने कुशे औंसी पर्वलाई बैदिक सनातन धर्मावलम्बीहरुले देवकार्य तथा पितृकार्य गरिरहने बताउनुभयो ।

सहकारी संस्थाका बजार प्रमुख खडेकाले कुशे औंसी भाद्र १७ गते सोमबार भएपनी संस्थाले जेष्ठ नागरिक सम्मान प्रतिष्ठानका आजै बुबा सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कुश औंसीका दिन कुश घर–घरमा भित्र्याउने धार्मीक प्रचलन छ ।

कार्यक्रमा सूर्यदर्शन सहकारी संस्थाका व्यवस्थापक अरुण भण्डारी, जेष्ठ नागरिक सम्मान प्रतिष्ठानका पदाधिकारीहरु, सदस्यहरु र जेष्ठ आमाबुबाहरुको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *