दमक, १७ भदौं–नेकपा (एमाले) निकट दमकका छ जना युवा व्यवसायीहरु नेकपा (एमाले) परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
एमालेबाट कांग्रेस पार्टीमा प्रवेश गर्नेहरु दमक–६ का धनराज बस्नेत, हेमकुमार बस्नेत, सबिना खनाल, इन्द्रदेवी बस्नेत, जमुना बस्नेत र उषा पन्त लगायत रहेका छन् ।
उनीहरुलाई आज (सोमबार) दमकस्थित पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच पार्टी प्रवेश गराई पार्टी साधारण सदस्यता प्रदान गरिएको थियो ।
कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईं, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, कांग्रेस दमक ६ का उपसभापति पशुपति अधिकारी, झापा ५ (ख) का प्रदेश सदस्य शशीराज बिष्टको विशेष पहलमा उनीहरुलाई पार्टी प्रवेश गराईएको कांग्रेसले जनाएको छ ।
