लुइस स्वारेज

काठमाडौं (एजेन्सी), १८ भदौं–उरुग्वेका स्ट्राइकर लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

गएराति राति ३७ वर्षीय खेलाडी स्वालरेजले १७ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रा अन्त्य गर्ने निर्णय गरे।

उनले देशबाट १४२ खेल खेल्दा ६९ गोल गरेका छन्। सन् २००७ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए। सन् २०१० मा भएको कोपा अमेरिका जितेका थिए। त्यस्तै अन्तिम पटक पनि गत कोपा अमेरिका नै खेलेका हुन्।

स्वारेजकै गोलमा तेस्रो स्थानको खेलमा उरुग्वेले क्यानाडालाई हराएको थियो। सन्यासको घोषणा गर्दै उनले भने ‘शुक्रबार मेरो अन्तिम खेल हुनेछ’

शुक्रबार मोन्टेभिडियोमा उरुग्वेले पाराग्वेको सामना गर्दैछ। यो खेल सन् २०२६ फिफा विश्वकप छनोटअन्तर्गतको हो। त्यसको चार दिनपछि उरुग्वेले भेनेजुएलासँग खेल्ने तालिका छ।

हाल स्वारेज अमेरिकी क्लब इन्टर मियामीमा छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *