दमक, १८ भदौं–सुन्दर समाज नेपालकी अध्यक्ष समेत रहनुभएकी दमककी युवा उद्यमी तथा व्यवसायी लक्की सिटौला (विन्दु) ले एक विपन्न परिवारलाई खाद्यान्न सहयोग प्रदान गरेकी छिन् ।

सुन्दर समाज नेपालकी अध्यक्ष एबम् युवा उद्यमी–व्यवसायी सिटौलालले कुशे औंशी (बुबाको मुख हेर्ने दिन) अवसरमा आफना दिवंगत पिता लेखनाथ सिटौलाको सम्झनामा विपन्न परिवारलाई खाद्यान्न सहयोग प्रदान गरेकी हुन् ।

दमक–५ स्थित कोठा भाडामा बस्दै आएका ५९ वर्षिय आशाराम चौधरीलाई सिटौलाले आफ्ना दिवगत पिता लेखनाथ सिटौलाको स्मृतिमा खाध्यान्न वितरण गरेकी हुन् ।

लक्की इन्टेरियर डेकोरकी सञ्चालिका सिटौलाले चौधरीको डेरामै पुगेर तेल, चामल, नुन, दाल लगायतका एक महिनासम्म पुग्ने खाद्यान्न हस्तान्तरण गरिन् ।

उनले विपन्न बिद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्दै कमल ५ लखनपुर (पाडाँजुङ्गी) स्थित गुह्येश्वरी आबिमा बिद्यार्थीलाई बर्षेनी छात्रवृत्ति समेत दिदैं आएकी छिन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *