काठमाडौँ, १८ भदौं–नेकपा (एकीकृत समाजवादी) कार्यबाहक अध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र क्युबाली कार्यबाहक राजदुत अवेल अवेली डिपेग्नीबीच भेटवार्ता भएको छ।

सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा कार्यबाहक अध्यक्ष पाण्डे र अवेलीबीच भेटवार्ता भएको हो। उक्त भेटमा २०२२ देखि अमेरिकाले क्युबालाई आतंककारी देशको सूचीमा राखेको राजदुत अवेलीले जानकारी गराउनु भएको थियो।

राजदुत अवेलीले क्युबाका जनता असाध्यै कष्ट र संघर्षमा बाँचिरहेको बताउनुभयो। राजदुतले अवेलीले क्युबाको वर्तमान अवस्थाबारे जानकारी गराउँदै नेपालले क्युबाको पक्षमा बोल्न अनुरोध गर्नुभयो। साथै उहाँले अमेरिकाले घोषणा गरेको आतंककारी मुलुकको सूचिबाट हटाउनका निम्ति ऐक्यवद्धता जनाउन एकीकृत समाजवादीलाई अनुरोध गर्नुभएको छ।

पार्टीका कार्यबाहक अध्यक्ष पाण्डेले राजदुत अवेलीको प्रस्तावलाई गम्भीर रूपमा लिएको बताउनुभयो। अध्यक्ष पाण्डेले आफूहरू क्युबाली जनताको स्वतन्त्रा, सार्वभौमिकताको पक्षामा रहेको स्पष्ट पार्नुभयो। साथै कार्यबाहक अध्यक्ष पाण्डेले अमेरिकाले क्युबालाई आतंककारी देशको सूचिमा राख्नु बेठिक कुरा भएको बताउनुभयो।

साथै पाण्डले अमेरिकी सरकारसँग क्युबालाई आतंककारी देशको सूचिमा नराख्न अपिल गर्नुभएको छ। उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी क्वीवाली जनताको पक्षमा छ। त्यहाँको क्यम्युनिष्ट पार्टीसँग राम्रो सम्बन्ध राख्न र थप घनिष्ठ सम्बन्ध राख्न चाहान्छ। हामी क्युबाको क्रान्तिकारी इतिहासप्रति गर्वगर्छौँ। शक्तिशाली देश अमेरिकाको नजिकै रहेको समाजवादी देश क्युबाले साम्राज्यवादी विरूद्ध दृढतापूर्वक शीर ठाडो पारेर लडिरहेकोप्रति गर्वगर्छौं।’

राजदुत अवेलीले क्युबाली जनताको एकता, साम्राज्यवादप्रतिको घृणा र क्युबाली नेताहरूको कुशल नेतृत्वका कारण अमेरिकासँग नझुकिकन वर्षौँदेखि भिडिरहेको बताउनुभयो।

क्युबाले लामो समयदेखि नाकाबन्दीको सामना गरिरहेको छ। भेटमा पार्टीका नवनिर्वाचित उपाध्यक्ष जगन्नाथ खतिवडा, पोलिट्ब्यूरो सदस्य सुदेश पराजुली, केन्द्रीय सदस्य माधव पन्तलगायतका नेताहरूको सहभागिता थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *