दमक, २० भदौं–दमक–५ बेलडाँगी रोडमा अवस्थित डाफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आज दमकमा १५औं बार्षिक साधारणसभामा सम्पन्न गरेको छ ।

दमक–८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित बार्षिक साधारणसभाको समारोहमा डाफे सामुदायिक सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार बिष्णु पौडेल पुरस्कृत भएका छन् । पुरस्कृत पत्रकार पौडेललाई कोशी प्रदेशका मन्त्री राम राना मगरले दोसल्ला ओढाउनुका साथै सम्मानपत्रसहित नगद हस्तान्त्रण गरेका थिए ।

बार्षिक साधारणसभाका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री रानाले सहकारी संस्थाले विक्तिय साक्षरता, सचेतना, बचत सम्बन्धी शिक्षा, नागरिकको आर्थिक आय तथा बृद्धिदरमा देखाएका भूमिकाको विषयमा चर्चा गरेका थिए ।

पुरस्कृत पत्रकार बिष्णु पौडेल दुई दकशदेखि पत्रकारितामा क्रियाशिल छन् । उनी दमकमा रहेर निष्कर्ष साप्ताहिक पत्रिका र निष्कर्ष डिजिटल पत्रिकाको प्रकाशन तथा सम्पादन गरिरहेका छन् । पौडेल नेपाल प्रेष युनियन दमक क्षेत्रीय समितिका अध्यक्ष हुन् ।

सहकारी संस्थाका अध्यक्ष तुलाराम नेउपानेको अध्यक्षतामा भएको बार्षिक साधारणसभामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो । बार्षिक साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष नेउपानेले आर्थिक वर्ष २०८०।८१ को प्रगती प्रतिवेदन प्रस्ततु गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *