झिलझिले, २१ भदौं–सताक्षीधाम धार्मीक तथा पर्यटकीय संस्थाका उपाध्यक्ष समेत रहनुभएका शैक्षिक व्याक्तित्व उदयप्रकाश राईलाई मातृशोक परेको छ । राईकी ८० वर्षीया ममतामयी माता सञ्चमाया राईको आज (शुक्रबार) बिहान शिबसताक्षी–८ झिलझिलेस्थित निजी निवासमा निधन भएको हो ।

पछिल्लो समय क्यानसर रोगबाट ग्रसित सञ्चमाया राईको शुक्रबार बिहान झिलझिलेस्थित घरैमा निधन भएको परिवारस्रोतले जानकारी गराएको छ ।

२००१ साल पौष ३० गते पाँचथरको च्याङथापुमा जन्मनु भएको जन्मिएकी सञ्चमायाकी दुई छोराहरु खगेन्द्र बहादुर र उदयप्रकाश राई हुन् भने छोरीहरु कलावती लिम्बू, सुस्मा राई र हिमा राई छन् ।

प्याबसन नगर समितिका उपाध्यक्ष, छिमेकी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष समेत रहनुभएका उदयप्रकाश राई ओएसिस एकाडेमीका संस्थापक एबम् प्रिन्सिपल हुनुहुन्छ ।

स्वर्गीय सञ्चमाया राईको आजै ११ बजे शिबसताक्षी–११ रतुवामाई बृक्षारोपण आयोजनाको झिलझिलेस्थित जंगलमा किराँत धर्म परम्परा अनुसार अन्त्येष्टी गरिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *