फाइल तस्विरः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौँ, २१ भदौं–नेपाल (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज २०८१ का अवसरमा शुभकामना दिनु भएको छ। उहाँले चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाई राख्नु अत्यन्तै जरुरी रहेको बताउनु भएको छ।

शुक्रबार अध्यक्ष नेपालले सामाजिक सञ्जाल फेशबुकमार्फत तीजको शुभकामना दिनुभएको हो। पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष नेपालले भन्नुभएको छ, ‘नेपाली नारीहरूको महत्वपूर्ण पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दछु।’

अध्यक्ष नेपालले अगाडि भन्नुभएको छ,‘नेपाली मौलिक संस्कृति सम्वर्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न यस्ता चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाई राख्नु अत्यन्तै जरुरी छ। अन्त्यमा, यस पर्वले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै सभ्य, समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस्, पुनस्सबैमा तिजको शुभकामना।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *