एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ, २२ भदौं–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल मित्र राष्ट्र रुसको भ्रमण पुरा गरेर आज स्वदेश फिर्ता हुनुभएको छ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल यहि भदौ १६ गते रुस प्रस्थान गर्नुभएको थियो। आज (शनिबार) दिउँसो साढे १२ बजे काठमाडौँ ओर्लिनुभएको अध्यक्ष माधवकुमार नेपालका स्वकिय लक्ष्मण रेग्मीले जानकारी दिनु भएको छ।

मल्टी पोलारिटी फोरम विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाल रुस जानु भएको थियो। सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म चलेको थियो। साथै अध्यक्ष नेपालले साउथ एसियन इकोनोमिक फोरमको समूहगत छलफलमा पनि भाग लिनुभएको थियो।

रुसमा सम्पन्न कम्युनिष्ट नेताहरुको बैठकमा भाग लिन पुग्नु भएका अध्यक्ष नेपालले चीन, रुसलगायत देशका कम्युनिष्ट नेताहरुबीचको बैठकमासमते भाग लिनुभएको थियो।

अध्यक्ष नेपाल स्वदेश फर्किएसँगै पार्टीका विभिन्न केन्द्रीय विभाग, इन्चार्जसहितको जिम्मेवारी तोकिने तयारी रहेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिनु भएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *