धरमपुर, २२ भदौं–झापाको धरमपुरमा आज एक समारोहबीच दर्जन बढी खेलक्षेत्रमा क्रियाशिल संस्थाहरुलाई खेलकुद सामाग्रीहरु वितरण गरिएको छ । नेकपा (माओवादी केन्द्र) का नेता, धरमपुरका सामाजिका कार्यमा अहोरात्र खटिरहनुहुने दुर्गा नेम्बाङको पहलमा रु ४५ हजारको जर्सी सेट र एक लाख बढी मूल्यका खेलकुद सामाग्रीहरु वितरण गरिएको हो ।

शिबसताक्षी–१ धरमपुुरस्थित शुक्रबारे चौकमा आयोजित भब्य समारोहबीचमा खेलकुद सामाग्रीहरु बितरण गर्दै युवा नेता नेम्बाङले युवाहरुलाई खेलकुदको माध्यमद्धारा सामाजिक, राजनीतिक र आर्थिक दृष्ट्रिकोणबाट जोड्नका लागि खेलकुद सामाग्रीहरु बितरण गरिएको बताए ।

शनिबार, लागुऔषध दुर्व्यसन नियन्त्रण र संचेतनाका लागि युवाहरुलाई खेलकुद सामाग्री बितरण कार्यक्रममा नेम्बाङले लागु औषध सेवनकर्ता र यसका कारोबारका कारण समाजमा युवाहरु उपराधिक क्रियाकलापमा देखिएको बताए । उनले हरेक बर्ष बढ्दै गएको लागु औषध दुर्व्यसनीलाई न्यूनिकरण र नियन्त्रण गर्न किशोर किशोरीलाई खेलमा जोड्ने अभियान थालिएको बताए ।

कार्याक्रमका प्रमुख अतिथि रहनु भएका कोशी प्रदेशका पूर्व कृषि मन्त्री झलकसिंह दर्लामीले लागु औषध दुर्व्यसनी न्यूनिकरणका लागि अव सवै जुटनु पर्ने बताउनु भयो ।

त्यस्तैं, कार्यक्रममा कोशी प्रदेश प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले दुर्व्यसनी नियन्त्रणका लागि दुर्व्यसनविरुद्ध आमाहरु भन्ने कार्याक्रम समेत थालनी गरेको बताए । डिआइजी खापुङले ग्रामिण क्षेत्रमा युवाहरुको पहलबाट थालिएका यस्ता कार्याक्रमले खेलको मात्र विकास नभइ बढ्दो दुव्यर्सन समेत कम गर्न टेवा पुग्ने बताए ।

झापाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मिलन केसीले काठमाण्डौंपछि कोशी प्रदेशमा दुव्यसनी समस्या अधिक बढ्दै गएको बताए ।

कार्याक्रममा शिवसताक्षी नगर प्रमुख मेघाहाङ्ग थोप्राले नगरपालिकाले नगरका वडाहरुमा लागुऔषध रोकथाम र नियन्त्रणका लागि स्थानीय संघसंस्थाहरुसंगको सहकार्यमा गतिविधिहरु सञ्चालन गरिआएको बताए ।

नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामाले झापामा लागुऔषधका प्रयोगकर्ता र कारोबारीहरु बड्नु चिन्ताको विषय भएको बताए ।

किरात याक्थुङ चुम्लुङ्ग झापा अध्यक्ष सेसेहाङ फियाकले साझा समस्या र चुनौतीको रुपमा देखापरेको लागुऔषधलाई समाजबाट नियन्त्रण गर्न एकल प्रयासले मात्रै पुरा हुन नसक्ने ठोकुवा गरे ।

त्यस्तैं, सोही कार्यक्रममा सतासी जेसिजका अध्यक्ष दारुमान राई, धरमपुरका खेलाडी रविन थापा, युवा उद्यमी सन्तोष थोप्रा लगायतले ्बोल्नुभएको थियो ।

दुर्गा नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रममा कानुन व्यवसायी ज्ञानेन्द्र तिम्सिनाले स्वागत गरेका थिए । देशराज नेम्बाङले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि दुर्गा नेम्बाङले प्रकाश पार्नुभएको थियो ।

विकास निर्माणका कार्यमा लामो समयदेखि सक्रिय नेम्बाङले नागरिकहरुको तर्फबाट एक्लो र निजी प्रयासले धरमपुरसहित शिबसताक्षी नगरको विभिन्न वडाहरुमा कृषि यान्त्रिकरणहरु, सिचाई सम्बन्धी, मोटरेवेल पुल, झुलुङ्गे पुल, खानेपानी, सौचालय, विद्यालयहरुमा सौर्यउर्जा, तटबन्ध, बृक्षरोपण, सडक र समुदायको विकासमा सक्रिय छन् ।

उनी, कोशी प्रदेशका पूर्व कृषि मन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता झलकसिंह दर्लामीका स्वकीय सचिव समेत हुन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *