दमक (पशुहाँट), २३ भदौं–दमकमा भदौ १८ गते भएको गौहत्यामा संलग्न चारजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा तीनजना भुटानी शरणार्थी र एकजना स्थानीय महिला रहेका छन् । पक्राउ पर्नेमा दमक-३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर बेलडाँगी-२ छाप्रो नम्बर ३३२ बस्ने ४४ वर्षीय प्रेमबहादुर बिष्ट, बेलडाँगी-३ छाप्रो नम्बर एथ्री–२०८ बस्ने ३८ वर्षीय खगेन्द्र दुलाल, बेलडाँगी-३ छाप्रो नम्बर एटु–१२० बस्ने बस्ने ३२ वर्षीय बिधान थापा र दमक-४ बस्ने ४५ बर्षिया गीता श्रेष्ठ रहेका छन् ।

महिला बाहेक अन्य सवै यसअघि बिभिन्न अपराधका घटनामा संलग्न भएको प्रहरीले जनाएको छ । उनीहरुलाई शिविरबाट दुई दिन अघि अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

भदौ १८ गते राति दमक २ बस्ने लक्ष्मण बिष्टको वडा नं १ स्थित पानीट्याङकीनजिक गोठमा बाँधिराखेको २ महिनाको गर्भेणी रहेको गाईलाई चोरी गरी गोठदेखि सयमिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगेर उनीहरुले काटेका थिए । टाउकोमा बन्चरो प्रहार गरी मारेर खुट्टा, करङ तथा घाँटीको मासु काटी अन्य शरीरको भाग घटनास्थलमा छोडेका थिए ।

घटनापश्चात् फरार रहेका उनीहरुको खोजतलास गर्ने क्रममा मानिससहित विभिन्न सामान बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चन्दले बताए ।

डीएसपी चन्दका अनुसार घटनामा प्रयोग भएको खुकुरी थान १, बन्चरो थान १ र मासु बोक्न प्रयोग गरेको झोला थान १ उनीहरुको कोठाबाट भदौ २१ गते बरामद गरिएको थियो । उनीहरुमाथि पशुपंछीसम्बन्धी कसुरमा मुद्धा चलाउने जनाइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *