दमक, २३ भदौं–हेल्दी फ्रेस मिटमार्ट एण्ड यावा रेष्टुरेन्टले आज तेस्रो बार्षिकोत्सव मनाएको छ । दमक–८ मा अवस्थित हेल्दी फ्रेस मिटमार्ट एण्ड यावा रेष्टुरेन्टले पूर्वको प्रसिद्ध पर्यटकीयस्थल दोमुखामा तेस्रो बार्षिकोत्सव धुमधामका साथ मनाएको हो । बार्षिकोत्सवमा गीतसंगीतमा नृत्य गर्नुका साथै विभिन्न खेलहरु आयोजना गरेर मनोरञ्जन बनाइएको थियो ।

बनभोजको रौकन दिइएको बार्षिकोत्सवमा दमकका होटल तथा लज, रेष्टुरेन्ट, क्याफे व्यवसायीहरु, कोल्ड सेन्ट्ररका सञ्चालकहरु, ग्राहकहरु तथा शुभेच्छुकहरुलाई निमन्त्रणा गरिएको थियो । त्यस्तैं, मिटमार्ट र रेष्टुरेन्टमा कार्यरत कर्मचारी, ग्राहक, व्यापार व्यवसायी, पत्रकार र शुभेच्छुकहरुको उपस्थितिमा तेस्रो बार्षिकोत्सव मनाइएको सञ्चालक सञ्जय हाङ्गछेन राईले जानकारी दिनुभयो । राईका अनृुसार मिटमार्ट र रेष्टुरेन्टमा झण्डैं दुई दर्जन कर्मचारीहरु कार्यरत छन् ।

मिटमार्टमा आफ्नै फार्ममा उत्पादन भएका खसी, बोका, राँगा, भैसी, सुँगुर, कुखुराहरुको स्वास्थ्यकर मासु अलग–अलग र व्यवस्थित ढंङ्गबाट विक्री गरिन्छ, सञ्चालक राईले भन्नुभयो । त्यस्तैं, मिटमार्टले अर्डर अनुसार दमक क्षेत्रभरी होम डेलिभरी समेत गर्ने सञ्चालक राई बताउँनुहुन्छ ।

त्यस्तैं, मिटमार्टसहित त्यहाँ यावा रेष्टुरेन्टले पनि आफ्नो सेवा दिइरहेको छ । रेष्टुरेन्टमा विभिन्न ब्राण्डका पेय पदार्थहरुसहित चिया, कफी, हर्ट लेमन पिउन पाइन्छ भने मःम, थुक्पा, चाउमिनका स्वादहरु पनि लिन सकिन्छ ।

रेष्टरेन्टमा आउने ग्राहकहरुका लागि खसी, बोका, कुखुँरा, राँगा, भैसी र सुगुर–बुँगुरका सेकुवा समेत उपलब्ध हुने सञ्चालक राईले बताउनुभयो । अन्य स्थानका होटल तथा रेष्टुरेन्टहरुमा पाइने सेकुवाको तुलनामा यावा रेष्टुरेन्टमा गुणस्तरीय र स्वादिष्ट मासु सेकुवा बनाइने सञ्चालक राईले जानकारी दिनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *