बिर्तामोड, २५ भदौ–बिर्तामोडमा आजदेखि दशैं–तिहार महोत्सव तथा जुत्ता–चप्पल मेला शुरु भएको छ ।

नेपालीहरुको महान चाड दशैं–तिहारलाई लक्षित गरी शुरु गरिएको मेलाको आज बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्तव्य राख्नुहुँदै उहाँले स्वदेशी उत्पादनलाई सबैले प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

“हामीले विदेशी होइन, स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, “यसले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउँछ, स्वदेशी उद्योगहरुको प्रबद्र्धन हुन्छ ।”

बिर्तामोडस्थित सिटी सेन्टर हाताभित्र ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ शुरु भएको महोत्सव आगामी असोज २४ गतेसम्म सञ्चालन हुनेछ ।

सिटी सेन्टर बिर्तामोडको आयोजना तथा नेपाली जुत्ता घरको सह–आयोजनामा शुरु भएको जुत्ता–चप्पल मेलामा ग्राहकलाई १५ देखि ५० प्रतिशतसम्म छुट दिइने आयोजकले जनाएको छ ।

महोत्सवमा पाँच वटा कम्पनीका स्टल रहेका छन् भने तीन हजा मोडलका जुत्ता–चप्पल छन् । मेलामा बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज र क्रस रोड सुज कम्पनीद्वारा उत्पादित जुत्ता–चप्पल राखिएको छ ।

मेलामा एक लाख जनाले अवलोकन गर्नुका साथै दुई करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य रहेको आयोजक नानीराज घिमिरेले बताउनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *