विराटनगर, २५ भदौं–कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले फेरि अनशन सुरु गरेका छन् । निषेधित क्षेत्रमा अनशन बसेको भन्दै केही समयअघि उनलाई प्रहरी नियन्त्रण लिएको थियो ।

प्रहरी धरपकडपछि उनीसहित करिब ४० जना कार्यकर्ता पनि अनशनस्थल छाड्न बाध्य भएका थिए । प्रहरीले उनलाई गाडीमा टन्कीसिन्वारीको घरसम्म छाडेर फर्किएको थियो ।

लगत्तै उनी निजी गाडी चढेर अनशन बस्न विराटनगर आएका थिए । उनी अहिले विराटनगरको देवकोटा चोकमा अनशन बसेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *