काठमाडौं, २६ भदौं–ह्यारी केनले आफ्नो सयौं अन्तर्राष्ट्रिय खेलमा दुई गोल गरेपछि इंग्ल्यान्डले यूईएफए नेसन्स लिगको लिगमा फिनल्यान्डलाई २–० ले हराएको छ।

इंग्लिस कप्तान केनले खेलको ५७ र ७६ औं मिनेटमा गोल गरे। खेल अगाडि उनलाई सम्मान स्वरूपमा ‘गोल्डेन क्याप’ प्रदान गरिएको थियो र खेलमा पनि ‘गोल्डेन बुट’ लगाएर खेलेका थिए। उनले इंग्ल्यान्डका लागि गरेको गोल संख्या ६८ पुगेको छ।

गएराति नै भएको अर्को खेलमा ग्रिसले आयरल्यान्डलाई २–० ले पराजित गर्‍यो।

अन्य खेलमा नेदरल्यान्ड्सले जर्मनीसँग २–२ को बराबरी खेले भने हंगेरी र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल पनि गोलरहित बराबरीमै टुंगियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *