काठमाडौं, २६ भदौं–भाद्र शुक्ल अष्टमी। बुधबार कागे अष्टमी पर्व मनाइँदै छ। कागे अष्टमीमा अवसरमा कागेश्वर मनोहरा नगरपालिका-१ मा पर्ने कागेश्वरीको मन्दिरमा घुइँचो लागेको छ।

कागेश्वरीमा पूजा गर्दा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ। यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष निवारणका लागि कागेश्वरीको दर्शन गर्ने परम्परा छ।

कागेश्वरीमा लाग्ने मेला भर्न उपत्यकाको तीन जिल्लाका साथै नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायतका श्रद्धालुको घुइँचो लाग्छ।

गंगा दशहरा वा श्रावण शुक्ल पूर्णिमामा गोसाइँकुण्डमा पुगेका भक्तजनले ल्याएको जल कागे अष्टमीमा कागेश्वरीमा चढाउनुपर्छ भन्ने मान्यता छ। गोसाइँकुण्ड पुग्नेले यहाँ जल नचढाए धार्मिक यात्रा पूरा नहुने बताइन्छ।

कागेश्वर महादेवको पू-अर्चना गरी सेन पर्वत अर्थात् कागेश्वर पहाड चढ्ने मान्यता पनि रहेको पुराणवाचक पं। बालमुकुन्द देवकोटा बताउँछन्।

कागे अष्टमीका अवसरमा पशुपति क्षेत्रस्थित कागेश्वरी मन्दिरमा पनि पूजा-आराधना गर्ने गरिएको छ।

कागे अष्टमीमा कागेश्वरी(मनोहरा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *