दमक, २७ भदौं–दमकको पशुपती मन्दिर नजिकै कार्यालय स्थापना गरी सञ्चालनमा आएको शिखा बचत तथा ऋण सहकारी संस्थाले आज १३औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

बिहिबार, दमक–६ पशुपती मन्दिरको भवनमा १३औं बार्षिक साधारणसभामा संस्थाले आर्थिक बर्ष २०८०।८१ मा कारोबार गर्ने सदस्यहरुबीच दर्जनौ असल बचत र असल ऋणीहरुलाई सम्मानपत्रसहित खादा ओढाएर मायाको चिनो प्रदान गरिएको थियो ।

त्यसैगरी शिखा सहकारी संस्थाका शेयर सदस्य परिवारका ६८ वर्ष पुरा भएका १७ जना जेष्ठ आमाबुबाहरुलाई दोसल्ला ओढाएर बेदको लौरीसहित नगद एक हजार र सम्मान–पत्रले सम्मान गरिएको थियो ।

साधारणसभाको उद्घाटन समारोहमा बालबचततर्फ ३७ जना बालबालिकाहरुलाई स्कूल व्याग, कपी–कलमसहित स्टेशनरी सामाग्रीहरु प्रदान गरिएको थियो ।

त्यस्तैं, कार्यालयमा कार्यरत कर्मचारीहरुलाई थप जिम्मेवार बनाउन कर्मचारी सम्मानसमेत गरिएको र सो सम्मानबाट यसवर्ष स्टाफ अफ दि यरबाट देउकुमार लिम्बू र स्टार अफ दि यरका रुपमा सन्जय बस्नेत, अर्पण ढुङ्गानालाई पुरस्कृत गरिएको थियो । उनीहरुलाई संस्थाको तर्फबाट नगद रुपैयासहित दोसल्ला ओढाएर प्रमाण–पत्रले सम्मान गरिएको थियो ।

पुरस्कृत कर्मचारीहरु तथा सम्मानितहरु शेयर सदस्यहरुलाई बार्षिक साधारणसभाका प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष समेत रहनुभएका दमकस्थित नवदुर्गा बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम कोइराला र संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठसहित अतिथिहरु र संस्थाका पदाधिकारीहरु र सदस्यहरुले प्रमाणपत्र, नगद र मायाको चिनो प्रदान गरेका थिए ।

संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठको अध्यक्षतामा १३औं बार्षिक साधारणसभा भएको थियो । सो सभाका प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेम कोइरालाको प्रमुख आतिथ्यता थियो ।

सभामा दमक–६ का वार्डध्यक्ष टेकबहादुर थापा, फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष फुलकुमारी आङ्देम्बे, शिखा सहकारी संस्थाका संस्थापका अध्यक्ष प्रितम लिम्बु, सहकारी संस्थाका व्यवस्थापक तुलसी राजवंशी, उपाध्यक्ष हरि लामासहित विभिन्न व्याक्तित्वहरुको उपस्थिति थियो ।

बार्षिका साधारणसभामा संस्थाका अध्यक्ष तेजकुमार श्रेष्ठले सञ्चालक समितिका तर्फवाट बार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक विवेक मैनालीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनमा आर्थिक बर्ष २०८०।८१ मा रु २४ करोडको निक्षेप हिसाब, २ करोड ७२ लाखको शेयर पूंजी र २७ करोड बढी कर्जा लगानी गरेको उल्लेख छ । संस्थामा २ हजार ८ सय ९५ जना शेयरहरु कायम रहेको संस्थाका व्यवस्थापक तुलसी राजवंशीले बताए ।

बार्षिक साधारणसभाको उद्घाटन समारोहमा सुनिता खडकाले स्वागत मन्तव्य राखेका थिइन भने सञ्चालन संस्थाका सचिब तिर्थराज किराती राईले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *