दमक, २७ भदौं–झापाको दमक–१ फाल्गुनन्द चौकस्थित दमक अस्पतालमा अत्याधुनिक सुविधासहितको एउटा एम्बुलेन्स प्राप्त भएको छ ।
अस्पतालको क्षमता बृद्धि र सेवा विस्तारका लागि इन्टरनेशनल वेलफेयर पाउण्डेशन अफ अमेरिकाको आर्थिक सहयोगमा एम्बुलेन्स आइपुगेको हो ।
ख’ वर्गको एसीसहितको सो एम्बुलेन्स दमक नगरपालिकाद्धारा सञ्चालित दमक अस्पताललाई प्राप्त भएको हो । सो एम्बुलेन्स अस्पतालमा एक कार्यक्रमबीच विधिवत रूपमा सञ्चालनमा ल्याईएको छ ।
नगर प्रमुख रामकुमार थापासहित अस्पतालका सुचना अधिकारी डाक्टर अनुपम घिमिरे र अस्पतालमा कार्यरत डाक्टरहरुले पुजापाठसहित एम्बुलेन्सलाई सञ्चालनमा ल्याइएको छ ।
नगर प्रमुख थापाका अनुसार दमक नगरवासीहरुकै सेवा र सुविधाका लागि एम्बुलेन्स उपलब्ध भएको हो ।
