दमक, २७ भदौं–स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आज (बिहिबार) १५औं बार्षिका साधारणसभा सम्पन्न गरेको छ । २२ भदौं, शनिबारदेखि शुभारम्भ गरिएको स्वर्णलक्ष्मी सहकारी संस्थाले दमकमा १५औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

शुक्रबार दमकस्थित कस्मिक पार्टी प्यालेसमा संस्थाले १५औं बार्षिक साधारणसभामा एक जना पत्रकार तथा कर्मचारीहरु सम्मानसहित इकाईगत निर्णय प्रमाणिकरण गरिएको थियो ।

दमक–६ बेलडाँगी रोडस्थित मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी सहकारी संस्थाको झापा र मोरङको विभिन्न स्थानहरुमा पाँचवटा सेवा कार्यालयहरु सञ्चालनमा आएको छ । २२ भदौं शनिबार कनकाई नगरपालिकाको सुरुङ्गा सेवा केन्द्रमा, २३ भदौं आइतबार शिबसताक्षी नगरपालिकाको झिलझिले सेवा केन्द्रमा, २४ भदौं, सोमबार मोरङको उर्लाबारीस्थित उर्लाबारी सेवा केन्द्रमा, २५ भदौं मंगलबार गौरादह नगरपालिकाको गौरादह सेवा केन्द्रमा इकाईगत १५औं बार्षिक साधारणसभा सम्पन्न गरिएको थियो ।

दमकमा क्रियाशिल पत्रकार बिष्णुप्रसाद पोख्रेललाई नगद १० हजारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । दुई दशकदेखि दमकममा क्रियाशिल पत्रकार पोख्रेल गोरखापत्रमा कार्यरत छन् ।

यसैगरी, बार्षिक साधारणसभामा एक दर्जन विभिन्न क्षेत्रका कार्यरत कर्मचारीलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनुहुने कर्मचारीहरुतर्फ हिरोअफ दि स्वर्णलक्ष्मी कर्मचारी कवित निरौला घोषित हुनु भएको छ । निरौला केन्द्रीय कार्यालय दमकमा कार्यरत छन् । त्यस्तैं, फस्ट रनर अप निर्मल धिताल, सेकेण्ड रनरअफमा निखिल उप्रेती र दिपक क्षेत्रीसहित कुमार घिमिरे, रन्जीता बस्नेत, कमल गतौला उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत भएका छन् ।

कार्यक्रममा वाल बचततर्फ तेजीङ्ग तामाङ्ग, रेन्जीतहाङ्ग राई, यान्सुहाङ्ग सुब्बा, परि सुनुवार र वाउहाङ्ग लिम्वू पुरस्कृत भएका छन् । उत्कृष्ट कारोवार गर्ने सदस्यहरु पुष्पादेवी रिजाल, सुधादेवी स्वर्णकार, जनककुमार सुन्दास, राजीव अग्रवाल, परिना देवान सुशिला राई, निलम शाह, राजकुमार विश्वकर्मा, अस्मिता विश्वकर्मा, मेनुका शाह लगायत ४२ जनालाई पुरस्कृत गरेको छ ।

पुरस्कृत तथा सम्मानितहरुलाई बार्षिक साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले प्रमाणपत्र तथा नगद प्रदान गरेका थिए ।

सभामा दमक नगर उपप्रमुख रेगिना प्रसाई, दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, राष्ट्रिय सहकारी संघ कोशी प्रदेशका उपाध्यक्ष चन्द्र खड्का भट्टराई, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलाराम न्यौपाने, जिल्ला सहकारी संघ झापाका लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चुडामणी ओझा, मेची बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सभामा जीवन चक्र समाज नेपालका अध्यक्ष गणेशप्रसाद गौतम, सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बजार शाखा प्रमुख राजकुमार खड्का लगायतको उपस्थिति थियो । सभाको सञ्चालन सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कमलकुमार घिघिरेले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *